काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सिङ्गो मुलुक र राज्य संयन्त्र आफ्नो पूर्ण स्वतन्त्रता र सार्वभौमिक अधिकार प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगिरहेको बताएका छन्।
देशको आन्तरिक र बाह्य परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले राज्यले स्वतन्त्र ढङ्गले निर्णय लिने क्षमता गुमाउँदै गएको दाबी गरेका हुन्।
अध्यक्ष ओलीको यो अभिव्यक्तिले हालको राजनीतिक र कूटनीतिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ।
देशको स्वाधीनता र सार्वभौमिकता कमजोर बन्दै गएको भन्दै उनले राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया