काठमाडाै । नेपाल राष्ट्र बैंकको विशेष टोलीले पहिलो चरणमा १६ वटा ठूला बचत तथा ऋण सहकारी संस्थाहरूको स्थलगत निरीक्षण र विस्तृत छानबिन पूरा गरेको छ।
सहकारी क्षेत्रमा भएको अर्बौँ रुपैयाँको आर्थिक अपचलन, नियमविपरीत कर्जा प्रवाह र बचतकर्ताको पैसा जोखिममा पारेको प्रमाण फेला परेपछि राष्ट्र बैंकले उक्त निरीक्षण टोलीको कार्यावधि थप ३ महिनाका लागि विस्तार गरेको छ।
छानबिनका क्रममा बचत संकलनमा अस्वाभाविक कमिसन बाँड्ने, गैरकानुनी तरिकाले आफ्नै आफन्त र सञ्चालकहरूलाई कर्जा प्रवाह गर्ने तथा वित्तीय अनुशासनको धज्जी उढाउने खौफनाक तथ्यहरू बाहिर आएका छन्। राष्ट्र बैंकको टोलीलाई थप अधिकार र समय दिएर बाँकी शङ्कास्पद सहकारीहरूको समेत सूक्ष्म अध्ययन गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरिएपछि सहकारी ठगी गर्ने सञ्चालकहरूमाझ ठूलो त्रास र खलबली मच्चिएको छ।

प्रतिक्रिया