कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराएका हुन् । सभापति थापाले भने यसअघि नै असोज ३१ गते फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन् ।

असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

कांग्रेसको विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । निर्वाचित २३१ सदस्यबाहेक बाँकी ६६ सदस्य मनोनीत गर्नुपर्नेछ । ती सदस्य मनोनीत गर्ने विषयमा आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तयारी छ ।