काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर २५ गतेसम्मका लागि सुरु गरेको दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ जनताका मुद्दा उठाउने बहाना मात्र बनेको र यसको मुख्य उद्देश्य पार्टी छाडेर भागिरहेका कार्यकर्ता थमथमाउनु रहेको भन्दै तीव्र आलोचना सुरु भएको छ।
सरकार र नेतृत्वको स्वेच्छाचारी शैलीका कारण पार्टीको तल्लो तहमा व्यापक निराशा र आक्रोश फैलिएपछि शीर्ष नेताहरू कार्यकर्ता थाम्न र गुट जोगाउन गाउँ-गाउँ दौडिने कसरतमा जुटेका छन्।
पार्टी एकतापछि पनि विधि र पद्धतिमा नचलेको, बिचौलियाको घेराबन्दीमा परेको र जनजीविकाका सवालमा पूर्णतः असफल भएको भन्दै कार्यकर्ताहरू भटाभट बाहिरिन थालेपछि पेरिसडाँडामा सन्नाटा मच्चिएको थियो। यही सम्भावित महा-विभाजन र विद्रोहलाई रोक्न नेताहरूले जागरण अभियानको नाममा निराशा बाँड्दै कार्यकर्तालाई झूटा आश्वासन र ‘थमथमाउने’ रणनीति अपनाएको भन्दै नेकपाभित्रै कडा असन्तुष्टि पोखिन थालेको छ।

प्रतिक्रिया