कांग्रेस र देश रूपान्तरण गर्न गगन थापा नै अन्तिम विकल्प; विश्वप्रकाश शर्मा

कांग्रेस र देश रूपान्तरण गर्न गगन थापा नै अन्तिम विकल्प; विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र मुलुकलाई सङ्कटबाट जोगाउन र संस्थागत रूपान्तरण गर्न कांग्रेसले गगन थापाजस्तो सशक्त र दृढ नेतृत्व पाएको दाबी गरेका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै शर्माले पुरानो गुटबन्दी, आन्तरिक खिचातानी र देउवा पक्षको समानान्तर गतिविधिलाई कडा चुनौती दिँदै नयाँ नेतृत्वको पछाडि सिङ्गो पार्टी र युवा पुस्ता लामबद्ध भइसकेको घोषणा गरे।
वरिष्ठ उपसभापति शर्माले अब चुनावमा जित(हार वा पसिना बगाउने कुरा मात्र पर्याप्त नहुने भन्दै गगन थापाको नेतृत्वमा कांग्रेसले परिणाममुखी काम र सुशासनको अनुभूति गराउनुपर्ने बताए। बाहिर देउवा समूहले समानान्तर अधिवेशन र गुटबन्दीको नाटक गरिरहेका बेला शर्माले गगन थापालाई अघि सारेर कांग्रेसलाई देशको नम्बर वान र भरोसायोग्य शक्ति बनाउने सङ्कल्प दोहराएका छन्।
गगन र विश्वप्रकाशको यो समीकरणले पुराना दलीय सिन्डिकेट र गुट निरङ्कुशता चलाउनेहरूका लागि कडा धक्का पुर्‍याएको छ।