मझिमटारमा ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने

मझिमटारमा ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने


काठमाडौं । पृथ्वी राजमार्ग प्रयोग गर्ने यात्रु तथा चालकहरूका लागि धादिङ जिल्ला प्रशासन कार्यालयले अति आवश्यक सूचना जारी गरेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा निर्माणाधीन आकाशे पुलको संरचना जडान तथा सडक स्तरोन्नति कार्यका लागि सोमबार ९कात्तिक १६ गते० बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो।
निर्माण कार्यलाई द्रुत र सुरक्षित रूपमा सम्पन्न गर्न तीन घण्टाका लागि राजमार्ग ठप्प पारिने भएकाले उक्त अवधिभर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई धैर्यता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।