जिल्लाको समस्या समाधान गर्ने गरी काम गर्ने गृहमन्त्री गुरुङको प्रतिवद्धता

जिल्लाको समस्या समाधान गर्ने गरी काम गर्ने गृहमन्त्री गुरुङको प्रतिवद्धता


काठमाडौं । गोरखा पुगेर बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँगको अन्तर्क्रियामा गहमन्त्री सुधन गुरुङले गोरखा जिल्लाका समस्या समाधान गर्ने गरी काम गर्ने पुरानै ढाँचाको आश्वासन दोहोर्याएका छन्।
आफू सरकारमा आएको ६ महिना मात्र भएको बहाना बनाउँदै गृहमन्त्री गुरुङले जिल्लाको विकास, कृषि बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि पहल गर्ने दाबी गरे पनि स्थानीय र व्यवसायीहरूले भने सरकारको उपेक्षा र ढिलासुस्तीप्रति तीव्र असन्तोष पोखेका छन्।
पर्यटकीय र ऐतिहासिक सम्भावना भएर पनि गोरखा पूर्वाधार विकासमा पछाडि पारिएको र सरकारले सस्तो प्रचारबाजीबाहेक ठोस काम नगरेको भन्दै सहभागीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराए।
एकातिर राजधानीमा प्रहरी प्रशासन र साइबर ब्युरो प्रयोग गरेर सञ्चार गृहमाथि पञ्चायतकालीन दमन गर्ने र अर्कोतिर आफ्नै गृहजिल्ला र छिमेकी क्षेत्रमा विकासका नाममा फोस्रा भाषण छाट्ने गृहमन्त्री र वर्तमान बालेन सरकारको लाचार चरित्रलाई लिएर सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ।