काठमाडैं । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले सञ्चार गृहहरूमा प्रहरी प्रवेश गरी पत्रकार नियन्त्रणमा लिने र धम्क्याउने काम तल्लो तहका प्रहरी अधिकारीको स्वविवेक नभई ‘माथिकै राजनीतिक आदेश’ मा भएको दाबी गरेका छन्।
वर्तमान बालेन शाह नेतृत्वको सरकार र गृह प्रशासनमाथि कडा प्रहार गर्दै थापाले प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको सोझो निर्देशनविना समाचार कक्षमा प्रहरी पस्न सम्भवै नरहेको स्पष्ट पारे।
चौतर्फी जनदबाब र आक्रोशपछि प्रहरीले विज्ञप्ति फेर्दै पछि हट्नुले नै यो कदम माथिको दबाबमा गरिएको गैरकानुनी हतकन्डा थियो भन्ने पुष्टि भएको भन्दै थापाले प्रेस स्वतन्त्रता र नागरिक अधिकार रक्षाका लागि काङ्ग्रेस सडक र संसद् दुवै ठाउँमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।

प्रतिक्रिया