काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि जनकपुरले ब्याटिङको निम्तो पाएको हो ।
एनपीएलमा दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा छ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
यता, जनकपुर भने दोस्रो जित निकाल्ने लक्ष्यमा छ । दुई खेल खेलेको जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ८ विकेटले हराएको थियो ।
जनकपुर आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने दाउमा छ ।

प्रतिक्रिया