नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट

काठमाडौँ । काठमाडौँ मा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर रनको योगफल तयार पारेको हो । भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले…