काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज काठमाडौँ गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ । नेपाली राष्ट्रिय टीमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौँ गोर्खाजलाई प्रशिक्षण दिने भएका हुन् । आज ६ बजे साँझ मोन्टीको नाम घोषणा गर्ने तयारी उक्त फ्रेन्चाइजले गरेको छ । उनको नियुक्ति प्रक्रिया लगभग टुंगिएको…