यु–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

काठमाडौं। एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो। प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ। क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ। टोलीको उपकप्तानी जिम्मेवारी अर्जुन कुमालले सम्हाल्नेछन्। टोलीमा उनीहरूबाहेक आकाश त्रिपाठी, उत्तम थापामगर, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, मायन यादव,…