एमालेको राजनीतिमा पुनः सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा पुनः सक्रिय भएको बताएकी छन् । शनिबार जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको बताएकी हुन् । उनले भनिन्, ‘अब म…