कांग्रेसको राष्ट्रिय सम्मेलनमा निधि–महतबीच मञ्चमै कागज च्याँताच्यात

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन सत्रमा प्रस्ताव पारित गर्ने क्रममा नेताहरूबीच मञ्चमै विवाद भएको छ। सम्मेलनमा सहभागीहरूबाट प्राप्त सुझाव समेटेर तयार पारिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच विवाद देखिएको हो। प्रस्तावमा ‘१४औँ महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ…