काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै देउवा समूह सर्वोच्च पुगेको हो । देउवा र खड्काका तर्फबाट…