काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन् । भोलि बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी, पूर्व पदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको…