काठमाडौं। नेपाली कांग्रेसका आठ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन पार्टीको निर्णय बमोजिम भएको जनाएका छन्। विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा पेश गरिएको रिट निवेदन पार्टीका शीर्ष नेतासहित पदाधिकारीको सहमतिमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दर्ता गरिएको बताए। ‘कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर…