डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारले एक व्यक्तिविरुद्ध आरोपपत्र जारी गरेको छ। अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो र यस मामिलामा एक अफगान नागरिकविरुद्ध अभियोग लगाइएको छ।’ अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद शकेरीविरुद्ध आरोपपत्र जारी गरेको छ। जसमा उनलाई ट्रम्पको हत्याका लागि योजना बनाउने…