रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता…