पर्यटनमन्त्री पाण्डेले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित

काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहान बैठक बस्ने भनिएपनि उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए…