काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका छन् । बुधवार काठमाडौँमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औँ स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भारत लगायतका देशहरूमा पनि सोही व्यवस्था रहेको…