राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन

काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रूपमा मनाइँदै आएको भोटो जात्रा अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटो जात्रा अवलोकन गरेका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटो जात्रा अवलोकन गरेका थिए…