काठमाडौं । सुवास नेम्वाङ नेपाली राजनीतिमा सत्यतथ्य र राष्ट्र हितका विषयमा दलभन्दा माथि उठेका सिमित नेतामध्ये एक थिए । भनिन्छ उनले कहिल्यै तुच्छ र रुखो बोली कसैसँग बोलेनन् । उनको बोलीले कसैलाई बिझाएन । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।…