दलहरुले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् । राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गरेका हुन् । बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिएका लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताए…