सेयरबजार, घरजग्गा कारोबार र अर्थतन्त्र सुधारोन्मुख छ, निर्धक्क भएर लगानी गर्नुहोस्ः अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भन, “येहाँ अब केही गर्न हुँदैन भन्ने…