राष्ट्रियसभा निर्वाचन : मङ्सिर २४ देखि दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ । शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए। राष्ट्रियसभाका १९ सदस्य…