‘पूर्वराष्ट्रपति च्यासल आउँदा आफैँ चुनाव गराएर हारेका समूह पनि देखिए’ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा हिजो भेटघाट भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको उनले बताए । ओलीले भने, ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ ।…