एमाले र नेकपाबीच सहकार्यको चर्चाका बीच कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । हालै कांग्रेस सरकारबाट बाहिरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) र कांग्रेसले संयुक्तमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । सोही अविश्वास प्रस्तावमाथि आज कर्णाली प्रदेशसभामा छलफल चलिरहँदा मुख्यमन्त्री कँडेलले रोस्ट्रमबाटै राजीनामा घोषणा गरे । कांग्रेस सरकारबाट बाहिरिएपछि कँडेल स्पष्ट रूपमा अल्मतमा परेका थिए ।…