पाथीभरामा ताप्लेजुङकै मात्र भरिया राख्ने गरी कार्यविधि बनाउने तयारी

काठमाडौँ । यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्ले पाटीदेखि मन्दिरसम्म पुर्‍याउँछन् र फर्काउँछन् । यसरी मान्छे बोक्नेमा गृहजिल्ला ताप्लेजुङ, छिमेकी पाँचथर, तेह्रथुम, संखुवासभादेखि सिन्धुलीसम्मका छन् । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ…