नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । तरलता प्रवाह बढ्दै जादाँ राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ । यस्तै, अपेक्षा गरेअनुरुप कर्जा विस्तार नभएपछि बैंकहरुले ऋण तथा निक्षेपको ब्याजदर घटिरहेको छ…