झापा- नेपालीहरूको दोस्रो ठूलो चाड, फूलहरूको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो । बिर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण…