काठमाडौँ - घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सब इन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवरलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । घर निर्माणको…