रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सङ्कटासन्न समुदायलाई आवश्यकताका आधारमा मानवीय सहयोग जारी रहेको जनाएको छ। आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको हो। साथै बाढीपहिरो प्रभावित…