काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको केही दिनमै ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् । ऊर्जा विकास विभागका महानिर्देशक पनि फेरिएका छन् । गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका जीवछ मण्डलको ६ महिना नपुग्दै जिम्मेवारी हेरफेर भएको छ ।…