काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।…