गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै

काठमाडौँ- चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ । भरतपुर महानगरपालिका-१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो…