नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नारायणी नदीमा निर्माण गरिएको एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ता बस्तीमा विद्युत् पुर्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक…