नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

काँक्रेविहार। जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिए।…