काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो । त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते…