हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँची - शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौं वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्। विसं २०४०/२०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनः नापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौं जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायलाई ज्ञापनपत्र बुझाएका छन्। विसं २०५७ मा पाएको…