काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको नाडा अटो शोको अवलोकनमा बिहीबार भृकुटीमण्डप पुगेका उनले यो क्षेत्रको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याइरहेको उनको भनाइ छ…