तलब माग्दै फतुवा विजयपुरका शिक्षक–कर्मचारी पुनः धर्नामा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका शिक्षक कर्मचारी तलबको माग गर्दै पुनः धर्नामा बसेका छन् । पर्व होली आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना नदेखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन् । नगरक्षेत्र अन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका…