रसुवा । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा कैलाश मानसरोवर दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए । यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच…