बिबिसी . दक्षिण कोरियामा एक इसाई पादरीलाई उत्तर कोरियाबाट भागेर आएका नाबालिगहरूको यौनशोषण गरेको अभियोगमा जेल सजाय सुनाइएको छ। उत्तर कोरियाबाट सयौँ मानिसलाई भाग्न र दक्षिणतिर आउन सघाएको भनेर दक्षिण कोरियामा ती पादरीलाई नायक मान्दै आइएको थियो। एउटा अदालतले सउलस्थित आफ्नो आवासीय विद्यालयमा बसेका नाबालिगहरूको ति ६७ वर्षीय चुन कि-वनले यौनशोषण गरेको ठहर गरेको हो।…