मनाङमा अविरल वर्षासँगै पहिरो, विद्युत र संचार सेवा अवरुद्ध

मनाङ । मनाङ जिल्लामा निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न क्षेत्रमा विद्युत, इन्टरनेट र मोबाइल नेटवर्कमा अवरोध आएको छ भने सडक अवरुद्ध हुँदा आवागमन पनि कठिन बनेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार असोज १० गतेदेखि जिल्लामा निरन्तर पानी परिरहेको छ। वर्षाको कारण पहिरो जाँदा जिल्लाका विभिन्न क्षेत्रमा…