सिरहा । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो। मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने…