गुल्मी दर्लिङमा पहिरोले बस्ती नै विस्थापित

मालिका गाउँपालिका–२ दर्लिङका धनबहादुर विकले घर छाडेको एक साता भयो । तलबाट दुनाम खोलाको डर, माथिबाट पहिरोको पिरलो । पहिरोको जोखिमले पाँचजनाको परिवारसहित विक स्थानीय च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको खाली भवनमा बस्न थालेका हुन् । यो व्यथा २२ साउनदेखि सुरु भएको हो । मालिका गाउँपालिका– २ दुनामका हरिलाल विक पनि पहिरोले घर घेरेपछि श्रीमती र छोरी लिएर सधैँ साँझमा…