काठमाडौं । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए। इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरी नियन्त्रणमा लिएको ७३ जनालाई छाडिएको डिआइजी कडायतले जानकारी दिए। शुक्रबार ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो।…