स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पुस ६ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई…