काठमाडौं । ललितपुरमा रहेको राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्न पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्याय माग्दै काठमाडौंमा बसिरहेका साहका परिवार र समर्थक तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।…